०३ बैशाख २०८२, बुधबार

उमाकुण्डका सबै वडामा शिक्षा सुधारका लागि पिएसटी कार्यक्रम

रामेछाप । उमाकुण्ड गाउँपालिकाले शिक्षा सुधारको लागि सो गाउँपालिकाको सबै वडामा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा अभिभावक शिक्षा कार्यक्रम (पिएसटी) सञ्चालन गरेको छ ।

बालबालिकाको हातमा सीप, हृदयमा आत्मविश्वास, मस्तिष्कमा समझदारी र काँधमा जिम्मेवारी बोक्ने सामथ्र्यवान् नागरिक बनाउन लक्षका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका शिक्षा शाखाका अधिकृत डावा शेर्पाले जानकारी दिए ।

विद्यालयलाई पढ्न लायक, हेर्न लायक मात्र नभई गर्व गर्न लायक बनाई गाउँपालिकालाई शैक्षिक हब र सिकाईको केन्द्रबिन्दु निर्माण गर्नका लागि अभिभावकको जिम्मेवारी र दायित्वलाई बोध गराउन कार्यक्रम गरिएको उनले बताए ।

जिल्लाको सबैभन्दा उत्तरको हिमाली गाउँपालिका उमाकुण्डको वडा नं ७ भुजीबाट सुरु भएको पिएसटी हिमालको फेदी वडा नं १ गुम्देलमा पुगेर सम्पन्न भएको छ । कार्यक्रममा सो गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका एक हजार ७ सय ५६ जना अभिभावक एक हजार ४ सय ६ जना सहभागी भएका शेर्पाले जानकारी दिए ।

शिक्षा सुधारको लागि गाउँपालिकाले अभियानको रूपमा सञ्चालन गरेको यो पहिलो कार्यक्रम हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी, वडाध्यक्ष लगायतका जनप्रतिनिधि, गाउँपालिका शिक्षा शाखा प्रमुख लगायतका कर्मचारीहरू लगायतको सहभागिता थियो ।

सप्ताहव्यापी सो कार्यक्रमको सहजीकरण बृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले गरेका थिए । यो अभियानले अभिभावक र शिक्षकहरूमा शिक्षा सुधारको लागि केही गर्नुपर्छ भन्ने भावना विकास भएको उनले बताए ।

शिक्षा सुधारका लागि
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]