०३ बैशाख २०८२, बुधबार

नेपालीहरु आफ्नै देशमा सुरक्षित छैनन : पूर्वप्रमुख आयुक्त उपाध्याय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय सुरक्षा सभामा बोल्दै उनले खुला सिमानाको कारण नेपालीहरु आफ्नै देशमा असुरक्षित रहेको भन्दै त्यसमा सरकारको ध्यान नगएको बताएका हुन् ।

उनले भने,‘भारतसँग खुला सिमाना छ भनेर गर्व गरिन्छ । विशेष व्यवस्था पनि हो यो । हाम्रो अवस्था चाहीं कस्तो छ भने सुरक्षा भन्ने चिज नै छैन् । प्रष्ट के छ भने नेपालमा कति विदेशी बस्छन्, कहिलेदेखि बसेका छ्न, भारतीय कति छन्, तीनको छोराछोरी कहिलेसम्म बस्छन् सरकारलाई केही अत्तोपत्तो छैन् । ज्यान सुरक्षित छैन् । कुनैपनि मानिस जुनबेला पनि मारिन सक्छ । मारिएको पनि छ । तर मार्ने मानिस नेपाली होइनन् । त्यसैले हामी आफ्नै देशमा सुरक्षित छैनौं ।यो सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न सक्दैन् ।’

त्यस्तै उनले सरकारले नागरिकको सुरक्षालाई भन्दापनि पर्यटन विकासको बारेमा मात्र सोचेको भन्दै पर्यटन ठूलो कि देश ठूलो भन्दै प्रश्न गरे । दक्षिणतिरको सिमाना जबसम्म खुला रहन्छ तबसम्म नेपाली स्वतन्त्र नहुने उनको भनाई छ ।

उनले भने,‘दक्षिणतिरको सिमानामा नियमन हुनुपर्छ । जो पनि आएकै छ, सरकारले धेरै मान्छे आउन अनि हाम्रो पर्यटन विकास हुन्छ भन्छ । पर्यटन ठूलो कि देश ठूलो ? दक्षिणतिरको सिमाना जबसम्म खुला रहन्छ तबसम्म हामी स्वतन्त्र हुँदैनौं । भनाई मात्र स्वतन्त्र हो । कुनै पनि बेला कुनै पनि भारतीयले आएर मार्दिन सक्छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]