२८ चैत्र २०८१, शुक्रबार

बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

हेटौंडा । बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको १५ औं अधिवेशनको मिति तय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।

गत असोज ७ गतेबाट स्थगित भएको प्रदेशसभाको अधिवेशन ४ महिनापछि बोलाउने निर्णय भएको मन्त्री लामिछानेले बताए । बैठकले भौतिक पूर्वाधार मन्त्रालयले निर्माण गरेको भवन नीति पनि अनुमोदन गरेको प्रवक्ता लामिछानेले बताए ।

मन्त्रिपरिषद् बैठकले चलचित्र सम्बन्धि विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ भने बागमती प्रदेशको कामकाजको भाषा ऐनको विषयमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनलाई सरकारले ग्रहण गर्ने निर्णय गरेको छ ।

बैठकले काभ्रेको तालढुङ्गामा एकीकृत नमुना बस्ती बसाउने र त्यसलाई पनि विधेयकको रुपमा लैजाने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।

बागमती प्रदेश
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]