२८ चैत्र २०८१, शुक्रबार

शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक हो : बर्तौला

मकवानपुर । नेकपा(एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् ।

मकवानपुरको हेटौंडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिबेशनमा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् ।

‘हरेक शिक्षकहरुमा अधिकार सँगसँगै जवाफदेहिता सँगसँगै होस् । एक शिक्षकले विद्यालय जान घरबाट निस्कदै गर्दा आफुसँगै आफ्ना नानीबाबु विद्यालय लैजान सक्ने वातावरण बनाउनुपर्ने छ,’उनले भने ।

शिक्षकहरु स्थानीय तहमा रहन खोजिरहेका छैनन् भन्ने बिषय पनि बाहिर उठेको भन्दै उनले टिप्पणी गरे,‘शिक्षकहरु संघीयता विरोधी होइनन् । कि स्थानीय तहको नेतृत्वले यातना दिने मानसिकताको कारणले गर्दा शिक्षकहरु स्थानीय तह अन्तर्गत बस्न खोजिरहेका छैनन् । केही स्थानीय तहमा शिक्षकहरुलाई संगठनमा संगठित भएकै कारण यताबाट उता र उताबाट अर्कोमा सरुवा गराई रहका छन् । संबिधानले निर्दिष्ट गरेका व्यवस्थाहरु उपयुक्त छन् तर नेतृत्वको कार्यशैलीका कारण यस्तो भइरहेका छन् । यसलाई पनि विद्यालय शिक्षा विधेयकले समेट्नु पर्ने छ ।’

हिजो सिङ्गो व्यवस्था परिवर्तनको आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गर्ने संगठनहरु अहिले पनि उत्तिकै ससक्त हुन जरुरी भएको बताए । आगामी हाउसबाट नै विद्यालय शिक्षा विधेयक पास गराउने तयारी रहेको जनाएका छन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]