०३ बैशाख २०८२, बुधबार

अत्यधिक चिसो बढेपछि रौतहटका विद्यालयहरु बन्द

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बिदा दिइएको छ ।

केही दिनदेखि रौतहट लगायत तराईका विभिन्न जिल्लाहरुमा बाक्लो हुस्सु र शितलहरले अत्यधिक चिसो बढेपछि चन्द्रपुर नगरपालिकाले विद्यालयहरु बिदा दिने निर्णय गरेको हो ।

चिसोबाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु प्रभावित भएको भन्दै चन्द्रपुर नगरपालिकाले माघ १३ गतेदेखि तीन दिनसम्म नगरभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ ।

केहि दिनदेखि शितलहर तथा चिसो अत्याधिक बढेको हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सकिने प्रतिकूल असरलाई मध्यनजर राख्दै बर्षे विदाबाट कट्टा हुने गरी माघ १३ देखि माघ १५ गते सम्म विद्यालय बन्द राख्न भएको निर्णयलाई कार्यान्वयन गराउन निर्देशन जारी गरेको नगरप्रमुख संजयकुमार काफ्लेद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

माघ १६ र १७ गते पनि बिदा भएकाले अब विद्यालयहरु माघ १८ गते खुल्ने जनाइएको छ । यसअघि जिल्लाका अधिकाँश पालिकाहरु विद्यालयहरु एक साताको लागि बन्द गरिसकेका छन् ।केहि दिन यता देखि तराई मधेशका जिल्लाहरुमा ह्वातै बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।

विद्यालयहरु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]