२८ चैत्र २०८१, शुक्रबार

समाजवादी पार्टी नेपालकाे वडा स्तरीय विस्तारित वैठक  सम्पन्न

सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ६ मा शुक्रबार जनता समाजवादी पार्टी नेपालकाे वडा स्तरीय विस्तारित वैठक  सम्पन्न भएकाे छ । (प्रकाश मण्डल )

सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ६ मा शुक्रबार जनता समाजवादी पार्टी नेपालकाे वडा स्तरीय विस्तारित वैठक  सम्पन्न भएकाे छ ।

वडा नम्बर ६ का वुथ समिति अध्यक्ष सकलदेव साहकाे अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवकाे प्रमुख आतिथ्यमा आयोजित एक समारोहका वीच विस्तार बैठक सम्पन्न भएको हाे । विस्तारित बैठकमा सहभागी स्थानीय नेताकार्यकर्ता ।

जनतासंग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान  आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले सम्पूर्ण  मधेसीहरु  एकता हुनु जरुरी रहेको र मधेसी एकताले  मधेस मजवुत हुने वताए । उनले पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताको निम्ति  शक्ति आर्जनका लागि संगठन निर्माणमा जाेड दिए ।

केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले मधेसीकाे पहिचान संघियता ,समावेशीता मधेसकाे आन्दोलनको उपलब्धि  भएकाे वताए  वडा नम्बर ६ स्थित नवनिर्मित वडा कार्यालय वभनगामा आयोजित कार्यक्रममा  केन्द्रीय सदस्य डा. ववि सिंह यादव,  केन्द्रीय  सदस्य एवम् अभियन्ता  मुरली प्रसाद सिंह , जिल्ला कार्यकारिणी सदस्य निरज कुमार झा , मावि वभनगामाकट्टीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादव,तिलाठी काेइलाडी गाउँपालिका ८ का अध्यक्ष सत्यनारायण यादव  , गाउँ पालिका उपाध्यक्षकाे प्रत्यासी उम्मेदवार  इन्दुमाया यादव ,जिल्लाकार्यकारिणी सदस्य राजेश्वर राय, स्थानीय नेता सत्यनारायण मुखिया ,रामचन्द्र मण्डल  लगायतले मन्तव्य व्यक्त गरे ।

स्थानीय युवा नेता उपेन्द्र यादवद्वारा संचालित कार्यक्रममा स्वागत गोसाइ यादवले गरे ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]