२८ चैत्र २०८१, शुक्रबार

क्रिकेट संघ नेपालले मधेस प्रीमियर लिगलाई स्वीकृति दियो

काठमाडाैं क्रिकेट संघ नेपाल (CAN) ले मधेस प्रीमियर लिग (MPL) लाई आधिकारिक स्वीकृति दिएको छ। यस लिगको आयोजना २०८१ साल चैत्र ५ गतेदेखि हुने तय गरिएको छ। क्रिकेट संघले २०८१ साल माघ ९ गते लिगलाई आधिकारिक रूपमा स्वीकृति दिएको जानकारी प्राप्त भएको छ।

लिगका लागि खेलाडी दर्ता प्रक्रिया हाल जारी रहेको छ। खेलाडीहरूले गुगल मार्फत फारम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। दर्ताका लागि अन्तिम मिति २०८१ साल माघ २१ गते सम्म राखिएको छ।

मधेस प्रीमियर लिगका सचिव ई. राहुल देवका अनुसार यो प्रतियोगिता मधेस क्षेत्रको क्रिकेट प्रतिभालाई अगाडि ल्याउन र राष्ट्रिय स्तरमा अवसर दिन महत्वपूर्ण भूमिका खेल्नेछ। प्रतियोगितामा देशका विभिन्न खेलाडी तथा टिम सहभागी हुने अपेक्षा गरिएको छ।

लिगको विस्तृत जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ। खेलप्रेमीहरू र खेलाडीहरूले दर्ता प्रक्रियामा सहभागी हुन आयोजकले आग्रह गरेका छन्।

https://docs.google.com/forms/d/e/1FAIpQLSeRY5Yab_TnDLqSHz7bGFXUbkf06_bzlRjTFmA1Op027p04mA/viewform

मधेस प्रीमियर लिग
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]