२८ चैत्र २०८१, शुक्रबार

सभापति कप : बागमति प्रदेश र नेपाल पुलिस भिड्दै

काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज पनि एउटा खेल हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा आयोजकको तर्फबाट लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र विभागीय नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

आजको विजेताले आइतबार फ्रेन्ड्स र न्युरोड टिम एनआरटीसँग फाइनल प्रवेशका लागि मंगलबार खेल्ने छ । अहिलेसम्म संकटा र मच्छिन्द्र फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । संकटाले उद्घाटन खेलमा चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । यसैगरी दोस्रो खेलमा शुक्रबार मच्छिन्द्रले विभागीय नेपाल एपीएफलाई १–० को कठिन जीत दर्ता गर्न सफल भयो ।

स्टार खेलाडी विमल घर्ती मगर पनि खेलेको मच्छिन्द्रको जीतमा डिफेन्डर सनिश श्रेष्ठले अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

१७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले नगद २६ लाख प्राप्त गर्दा उप विजेता टिमले पनि नगद १३ लाख प्राप्त गर्ने छ । यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उदयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।

प्रतियोगिता हेर्नका लागि साधारणतर्फ रु १ सय र भिआइपीतर्फ रु ३ सयको टिकट तोकिएको छ । खल्ती एपबाट टिकट खरिद गर्न सकिने छ भने रंगशालामै काउन्टर पनि राखिएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]