०३ बैशाख २०८२, बुधबार

पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाइने, संख्या बढाइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताएका छन् ।

शनिबार काठमाडौंमा ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधनसम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको बताए ।

यसको साथै, उनले आगामी दिनमा पर्यटक प्रहरीको संख्या बढाउन पनि मन्त्रालयले पहल गरिरहेको पनि बताए ।

उनले भने, ‘हाल २४६ जना मात्र पर्यटक प्रहरी हुनुहुन्छ । नेपालको भूगोलअनुसार २४६ जना मात्र पर्यटक प्रहरी रहनु एकदमै न्यून हो । यसलाई बढाउन मन्त्रालयले नेपाल प्रहरीसँग छलफल गरिरहेको छ । २४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन्। अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी इकाइ स्थापना भएको छैन । माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने निर्णय भइसकेको छ । यसका लागि आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्छ ।’

पर्यटकहरू अतिथि भएकाले उनीहरूलाई जति धेरै ‘अतिथिदेवो भव’ को रूपमा व्यवहार गर्न सके पर्यटकको संख्या बढाउन सकिने पनि उनको भनाइ छ ।

यस्तै, उनले पर्यटन क्षेत्रको विकासका लागि नेपाल नआएका पर्यटकलाई एकपटक ल्याउने र एकपटक आएका पर्यटकलाई पटकपटक ल्याउने रणनीति मन्त्रालयले बनाइरहेको पनि बताए ।

सोही क्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पर्यटकीय सुरक्षा नै पर्यटकको प्रमुख आधारशिला रहेको भन्दै पर्यटकीय सुरक्षा व्यवस्थापन कार्यमा सबै सरोकारवाला सम्पूर्ण निकायहरुको भूमिका अनिवार्य रहेको बताए ।

उनले भने, ‘पर्यटकीय सुरक्षा नै पर्यटकको प्रमुख आधारशिला रहेको हुदाँ हरेक पक्षबाट सुरक्षालाई पर्यटनसँग जोड्न जरुरी छ जसले हाम्रो पर्यटन क्षेत्रलाई दिगो रुपमा सञ्चालन गर्नको लागि सहयोग पु¥याउन सक्छ । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुदाँ यसका लागि सरोकारवाला सम्पूर्ण निकायहरुको भूमिका अनिवार्य रहेको छ ।’

४६औँ पर्यटक प्रहरी दिवस
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]