१३ बैशाख २०८२, शनिबार

रामेछापमा माघ १६ देखि कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लाको कृषि, उद्योग र पर्यटन प्रवद्र्धनका लागि कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी आयोजना गर्ने भएको छ ।

माघ १६ देखि २६ सम्म ११ दिने मेला आयोजना गर्न लागिएको संघले जनाएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारीकाबारे संघले जानकारी गराएको हो ।

मेलामा कृषि, घरेलु उत्पादन, स्थानीय जडीबुटी लगायतलाई प्राथमिकता दिइएको संघका वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । यसका लागि जिल्ला स्थित आठवटै स्थानीय तह तथा सेवा प्रदायक संघीय र प्रदेश स्तरका कार्यालयहरूसँग समेत सहकार्य गरिएको उनले बताए । मेलामा २५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको श्रेष्ठले जानकारी दिए ।
मेलामा बिहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म प्रवेश गर्नेलाई निःशुल्क प्रवेश दिइने तर माघ २० गतेबाट २६ गतेसम्म भने अपराह्न ४ बजे पछि सांस्कृतिक कार्यक्रम हेर्न प्रवेश गर्नेलाई भने एकसय रुपैँया शुल्क लिनेगरी व्यवस्था मिलाइएको उनले बताए ।

महोत्सवमा स्थानीय किसान तथा उद्यमीले आफ्नो उत्पादन सहज रूपमा प्रदर्शन र बिक्री गर्न सकुन् भन्ने उद्देश्यले स्थानीय तह र सेवा प्रदायक कार्यालयसँगको सहकार्यमा स्टलहरू निःशुल्क उपलब्ध गराउन लागिएको संघका कार्यकारी अधिकृत नवीन केसीले जनकारी दिए ।

यस बाहेक कृषि र लघुउद्यमका स्टल लिएर आउने उद्यमीलाई खानाको व्यवस्था समेत आयोजकले नै गर्ने भएको छ । प्रदर्शनीमा उत्कृष्ट उद्यमी तथा कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम पनि रहेका छन् ।
प्रदर्शनीमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय संस्कृतिको प्रदर्शन तथा विभिन्न विषयमा बहस समेत सञ्चालन गरिने भएको छ । रामेछापको उद्योग, पर्यटन, जलश्रोतको विकास तथा समग्र जिल्लाको विकासका बारेमा विकास बहस सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com