२८ चैत्र २०८१, शुक्रबार

१७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले १७ जना फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सबैभन्दा बढी कुटपिटको रहेको रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए । उनका अनुसार कुटपिटमा किशोरी ठाकुर , रामप्रवेश ठाकुर , शेख रोस्तम , सहनाज खातुन, जैबुन खातुन , शेख इस्लाम र चनरवती देवि रहेका छन । कुटपिटमा सात जना प्रतिवादीलाइ पक्राउ गरिएको उनले जानकारी दिए ।

कुटपिटबाट अङ्गभगमा सबिता देवी , प्रभा देवी र लडाइँ राय रहेको उनले बताए । नागरिकतामा नन्दलाल सिंह , जयमंगल राय यादव, देबकी लाल राय यादव , बिरेन्द्र प्रसाद यादव र तेज प्रसाद यादव रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
ठगीमा शेख चाद आलि र भवीतव्य ज्यानमा छरिया देविलाइ प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहातबाट खटिएको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाइ आवश्यक कारवाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]