०३ बैशाख २०८२, बुधबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउन निरन्तर प्रयास भैइरहेको छ : प्रचण्ड

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउनका लागि लगातार प्रयास गरिरहेको बताएका छन् ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमनपछि आयोजित कार्यक्रममा उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका बताएका हुन् ।

उनले भने, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकालाई अगाडि बढाउन हामी लगातार प्रयास गरिरहेका छाँै । यसको स्थापना कालमा ऐन निमार्णको समयमा पनि हामीले प्रतिष्ठान सम्बन्धि ऐन बनाउन जोड दियाँै । यो राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका छौँ । झण्डै ३० करोड बजेटको व्यवस्था गर्यौँ । हाम्रो तर्फबाट यो प्रतिष्ठानको चौतर्फि बिकासको लागि निरन्तर प्रयास भैरहेको छ ।’

यसको साथै, उनले प्रतिष्ठानमा माओवादीको नेतृत्वमा थप ४ सय वेडहरु थप्ने प्रक्रिया सुरु भएको बताए ।

उनले भने, ‘हाम्रो नेतृत्वमा थप ४ सय ओटा वेडहरु थप्ने प्रक्रिया सुरु भएको हो । अब चार सय वेड थपिँदा यहाँ साढे ७ सय वेड भएपछि मात्र अहिलेको यो बिरामीको चापलाई सम्बोधन गर्न सकिन्छ भने महसुस गरेको छु । यसको बिकासको लागि म सदन र सरकारमा यो बिषयलाई गम्भिर रुपमा उठाउँछु ।’

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]