०३ बैशाख २०८२, बुधबार

कांग्रेस पूर्वपदाधिकारी बैठक : संसद अधिवेशनमा एकढिक्का भएर सामना गर्ने

काठमाडौं । नेपाली कांग्रेसको पूर्व पदाधिकारी बैठकले दुई दलले बनाएको संयन्त्रबारे छलफल गरेको छ ।

शनिबार बसेको उक्त बैठकले मन्त्री र दुई दलले बनाएको समयन्त्रबारे छलफल गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

उनले भने, ‘हाम्रा मन्त्रीज्यूहरु र सरकारले जुन संयन्त्र बनाएको छ त्यसबारे समीक्षा भयो । दुई दलले बनाएको संयन्त्रले के गरिरहेको छ र सँगसंगै अध्यादेश जुन आएको छ त्यसको औचित्यका विषयमा तथा समग्रमा सरकार कसरी गइरहेको छ भन्ने विषयमा छलफल भएको छ ।’

यसैगरी लामो समयदेखि संसदमा विचाराधिन रहेका विधेयकहरुलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पास गर्ने विषयमा पनि पूर्वपदाधिकारी बैठकमा छलफल गरिएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आगामी संसद अधिवेशनमा पेस हुने विधेयकका विषयमा छलफल भएको जानकारी दिए । उनले कांग्रेसका मन्त्रीहरुको काम कारवाहीका विषयमा पनि समीक्षा भएको बताए ।

नेपाली कांग्रेस
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]