०३ बैशाख २०८२, बुधबार

स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै चल्छ : मेयर मर्हजन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर महानगरपालिकाको स्मार्ट ट्राफिक लाइट कहिल्यै पनि बन्द नहुने बताएका छन् ।

आइतबार साप्ताहिक ट्राफिक सचेतना सुभारम्भ कार्यक्रममा बोल्दै उनले महानगरले जडान गरेका स्मार्ट ट्राफिक लाइटहरु ३६५ दिन नै अनवरत रुपमा चल्ने बताएका हुन् ।

उनले भने, ‘ट्राफिक सचेतना कार्यक्रम र हालसालै हामीले स्मार्ट ट्राफिक लाइटको स्थापना गर्यौं र सञ्चालनमा ल्यायौं । संचालनमा ल्याउनै गार्हो तर प्राविधिक रुपमा यसलाई उद्घाटन गरिसकेपछि यसलाई कार्यान्वयन गर्न पनि केही समस्याहरु आए । तर अब स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै अनवरत र श्रृखलाबद्ध रुपले चल्ने भएको छ । बन्द हुँदैन र निभ्दैन् ।’
साथै उनले सुरुसुरुमा स्मार्ट ट्राफिक लाइटले काम गर्छ या गर्दैन भन्ने ठूलै शंका समेत लागेको बताए । उनले स्मार्ट ट्राफिक लाइटको नियमलाई बस सञ्चालकहरुले नियम मान्छन् की मान्दैनन् भन्ने सबैभन्दा ठूलो डर पैदा भएको समेत उल्लेख गरे ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]