०३ बैशाख २०८२, बुधबार

जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी, लाखौंको क्षति

जनकपुर । जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ ।

आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं.७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको हो ।

आगलागीले लाखौं मूल्य बराबरको तयारी अवस्थामा राखिएको फर्निचरको सामान र फर्निचर बनाउन प्रयोग हुने, फोम, काठ आदि सामान जलेर नष्ट भएको छ ।

फर्निचर उद्योगका सञ्चालक रामलला शर्माले २० लाखबढीको सामान जलेर नष्ट भएको बताएता पनि धनुषा प्रहरीले यकिन गर्न बाँकी रहेको जनाएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्र पुगेर आगो निभाउन सफल भएको छ ।

आगलागीको कारण र क्षतिको विवरण केही बेरमा प्राप्त हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली आगलागी स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]