०३ बैशाख २०८२, बुधबार

चिसोबाट बच्नका लागि पालिकाबाट न्यानो कपडा र दाउरा वितरण

रौतहट । रौतहटका अधिकांश पालिकाले चिसोबाट बच्नका लागि न्यानो कपडा र दाउरा वितरण गरिरहेको छ ।

केहि दिनदेखि बाक्लो हुस्सु तथा शीतलहरका कारण यहाँको जनजिवन प्रभाबित भएको बेला पालिकाले विपन्न परिवारलाई न्यानो बनाउन सहयोग गर्दै आएको हो।

चिसोबाट पालिकावासीलाई जोगाउन न्यानो सिरक र दाउरा वितरण गरिरहेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताए ।

चिसोबाट बढी बालबालिका , वृद्धवृद्धा , सुत्केरी र रोगि प्रभाबित हुने भएकाले गाउँगाउँमा पुगेर सिरक र दाउरा वितरण कार्य गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म पालिकाभित्रका सबै वडामा गरी १५ सय भन्दा बढी न्यानो कपडा वितरण गरिसकेको छ ।
यो अभियान अझैं बाँकी रहेकाले विपन्न परिवारको पहिचान गरि सिरक वितरण गर्दै लैजाने नगर प्रमुख जयसवालले बताए । यसअघि चिसोबाट बच्नका लागि गरुडा र शिबनगर चोकमा दाउरा वितरण गरिएको उनले उल्लेख गरेका छन् ।

गरुडा नगरपालिकाको हालसम्म वडा नं ८ जिङ्गडिया, वडा नं ९ रघुनाथपुर, वडा नं ७ भिमडावर, र वडा नं ४ गरुडाका चिसो प्रभावित क्षेत्रहरूमा आगो ताप्नका लागि दाउरा पठाईएको उनको भनाइ छ ।

चिसोबाट बच्नका लागि यहाँको चन्द्रपुर , गौर, र यमुनामाइ लगायतका पालिकाले दाउरा वितरण कार्य गर्दै आएका छन् । रौतहट सहित तराई मधेशमा केहि दिनदेखि चलेको हुस्सुका र शीतलहरका कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित बनेको छ ।

न्यानो कपडा र दाउरा वितरण
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]