०३ बैशाख २०८२, बुधबार

कादुरीले बनाइदियो डडुवाको दुर्गम थामी बस्तीमा ‘एक घर, एक धारो’

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको दुर्गम थामी बस्तीमा ‘एक घर, एक धारो’ पुगेको छ ।

हङकङ्गको कादुरी एग्रिकल्चर एड् एसोसिएसन ब्रिटिस गार्खाज नेपाल पोखराको सहयोगमा डडुवामा एक घर एक धारा निर्माण गरिएको हो । थामी समुदायको बाहुल्यता रहेको डडुवाको चारवटा वस्तीहरू मझुवा, पाखाटोल, दलेचौर र सल्लेटारका थामी, तामाङ, मगर र क्षेत्री समुदायको बस्तीमा कूल एकसय ८२ वटा धारा वितरण गरिएको वडा सदस्य मङ्गले थामीले जानकारी दिए ।

‘कूल १ सय ९७ वटा घर र २ वटा विद्यालयलाई गरी ९९ वटा धारा स्टमेट गरिएकोमा केही घरले धारा जोड्न मानेनन्, बाँकी १ सय ८२ घरमा धारा जोडेर पानी सञ्चालन भएको छ’, थामीले भने ।

कुल एक करोड ८२ लाखको लागतमा निर्माण सम्पन्न भएको खानेपानी योजनाको आइतबार उदघाटन गरिएको छ । आयोजना निर्माणको लागि संस्थाले कूल १ करोड ६१ लाख ९९ हजार रुपैँया उपलब्ध गराएको थियो । स्थानीयले २१ लाख ३९ हजार रुपैँया बराबरको श्रमदान गरेका थिए ।

कादुरी च्यारिटेवल फाउण्डेशन हङ्कङका डाइरेक्टर पिटर पाउल डी ग्रुटेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका डाइरेक्टर कर्नेल एन्द्रियु मिल्ज, कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका टेक्निकल डाइरेक्टर डा.नारायण गुरुङ, दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका वडाध्यक्ष प्रेम लामालगायत स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय संस्कृति समेत प्रदर्शन गरिएको थियो ।

आयोजना अन्तर्गत एउटा इन्टेक, एउटा फिल्टर टङ्की, तीनवटा डिस्टिब्युसन च्याम्बर तथा सातवटा रिजर्भ टैङ्की बनेका छन् । आयोजना निर्माणको लागि १४ हजार ४ सय ५१ मिटर पाइप खर्च भएको छ । सबै खानेपानीको धारामा मिटर जडान गरिएको छ । गत कात्तिक २६ गतेबाट सुरु गरिएको योजनाको काम माघ ८ गते सम्पन्न भएको हो ।

खानेपानी योजना बनेपछि स्थानीयले स्वच्छ पिउने पानी पाएका भन्दै कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका टेक्निकल डाइरेक्टर डा.नारायण गुरुङले खुसी व्यक्त गरे । उनले योजनको दिगोपनमा स्थानीयको महत्पूर्ण भूमिका हुने बताउँदै योजनाको उचित संरक्षणको काममा लाग्न आग्रह गरे ।

वडाध्यक्ष प्रेम लामाले खानेपानी योजना निर्माण गरेर कादुरीले धार्मिक कार्यका साथै सीमान्तकृत समुदायको बस्तीमा ठुलो गुन लगाएको बताए ।

उनले डडुवाको थामी समुदायको बाहुल्यता रहेको अन्य बस्तीमा पनि पिउने पानीको समस्या भएकोले आवश्यक सहयोग गरिदिन कादुरीलाई अनुरोध गरे । त्यस्तै यस वर्षको बाढी पहिरोले बगाएको गाउँको पुल निर्माणको पनि उनले संस्थालाई प्रस्ताव गरे ।
गएको भदौ महिनामा परेको भीषण वर्षाको कारण डडुवाको थामी बस्तीमा ठुलो क्षति पु¥याएको थियो । पहिरोले सडक, खानेपानी लगायतका योजनामा क्षति पु¥याउनुका साथै बस्ती नै बस्न नहुने गरी क्षतविक्षत भएको थियो । स्थानीयहरू लामो समयसम्म घर छाडेर त्रिपालमुनि बसेका थिए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]