२८ चैत्र २०८१, शुक्रबार

जसपाको संघीय परिषद्को भेला आगामी चैतमा काठमाडौंमा हुने

वीरगन्जमा सम्पन्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको दुई दिने बैठकले संघीय परिषद्को भेला आगामी चैतमा संघीय राजधानी काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। आइतबार सकिएको बैठकले अध्यक्ष अशोक राईद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गर्दै यो निर्णय लिएको हो।

बैठकमा अध्यक्ष राईले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, समसामयिक प्रस्ताव तथा चैत महिनामा संघीय परिषद्को भेला आयोजना गर्ने प्रस्ताव पेश गरेका थिए।

संघीय खानेपानी मन्त्री तथा उपमहासचिव प्रदीप यादवका अनुसार, बैठकले हाल खाली रहेका पार्टीका विभाग र संरचनाहरूलाई पूर्णता दिने निर्णय पनि गरेको छ। साथै, भेला अघि नै जिल्ला र प्रदेश समितिहरूलाई पूर्णता दिने विषयमा समेत सहमति भएको छ।

बैठकमा विचार वा मुद्दा मिल्ने राजनीतिक दल र शक्तिहरूसँग सहकार्य र एकीकरणका सम्भावनाहरूमा व्यापक छलफल गरिएको जानकारी पनि यादवले दिए।

त्यसैगरी, बैठकमा संविधान संशोधनका सत्तारुढ दल र सरकारद्वारा उठाइएका एजेन्डाहरूमा गहन चर्चा गरिएको वीरगन्ज महानगरका मेयर तथा जसपाका केन्द्रिय सदस्य राजेशमान सिंहलेबताए।

अध्यक्ष अशोक राईको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, उपमहासचिव प्रदीप यादव, उपाध्यक्ष शुशीला श्रेष्ठ, महासचिव मोहम्मद इश्तियाक राई, सचिव बिरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झा लगायतका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]