०३ बैशाख २०८२, बुधबार

बिचार र मुद्दा मिल्ने शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न तयार छौं ः मन्त्री यादव

वीरगञ्ज । जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताएका छन् ।

पर्साको वीरगञ्ज स्थित पुजन होटलमा आयोजित जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले आफूहरु देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न र देश विकासका लागि राजनीतिमा होमिएको बताए।

उनले भने,‘हामी देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न सहित देश विकासका लागि राजनीतिमा होमिएका छौँ । बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सक्छौँ ।’

यसैगरी मन्त्री यादवले आम नागरिकलाई सर्वोपरि ठानेर मधेशका मुद्दा एवम् देशभरीका नागरिकका समस्या समाधानका लागि जनता समाजवादी पार्टी (जसपा) ले उल्लेख्य भुमिका निर्वाह गरिरहेको बताए ।

उनले भने, ‘हाम्रा लागि जनता सर्वोपरि हुन् । जनताको विकास र जीवनस्तर उकास्न हामी कहिल्यै पछि पर्ने छैनौँ ।’

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा पनि सहभाभी भएपछि लोकप्रिय, जनमुखी र परिणाममूखी काम भइरहेको मन्त्री यादवले दाबी गरे ।

फरक प्रसंगमा मन्त्री यादवले खानेपानीका लागि पर्याप्त बजेट नहुँदा देशभरीमा आम उपभोक्तालाई सहज रुपमा शुद्ध खानेपानी पु¥याउन समस्या भएकाले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरघरमा शुद्ध अनी सफा खानेपानी पुग्नेगरी बजेट विनियोजन गराउने बताए ।

उनले भने,‘मन्त्रालय सम्हालेदेखि देशका दुर्गम क्षेत्रमा खानेपानीका समस्याका विषयमा स्थलगत निरीक्षण गरेको छु । पानीको निकै समस्या रहेको पाएको छु । वर्तमान सरकार अगामी बजेटमा हिमाल, पहाड र तराईका नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेटको व्यवस्थापन गर्ने छ ।’

काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी खुवाउनका लागि सबै प्रक्रिया भइसकेकाले अब आउँदो वर्षातको समयमा मेलम्चीको पानी बन्द नगरिने समेत उनले जानकारी गराए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]