०३ बैशाख २०८२, बुधबार

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत जाजरकोटको कार्कीगाँउबाट कुदुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको हो ।दुर्घटनामा कैलालीका २५ वर्षीय मनोज केसी र जुम्लाका २३ बर्षीय मिथुन हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी दिनेश तिमिल्सेनाले जानकारी दिए ।उक्त दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–८ का कमल चौधरी घाइते भएका छन् । दुर्घटनामा परेकाहरू मध्यपहाडी राजमार्ग निर्माणमा संलग्न मजदुर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]