०३ बैशाख २०८२, बुधबार

‘हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक दलका नेताहरु सामाजिक रुपान्तरणमा असफल हुँदा हुलाक सेवा परिर्वतन नभएको बताएका छन् ।

आइतबार काठमाडौंम आयोजित हुलाक सेवाको पुनर्सरचना अनुसार ‘एक स्थानीय तह एक हुलाक कार्यालय’स्थापना घोषणा कार्यक्रममा बोल्दै उनले नेपालमा राजनीतिक परिवर्तन भएको ३४ वर्ष पूरा हुँदा पनि हुलाक सेवा परिवर्तन नभएको भन्दै क्रान्ति गर्ने कुरामा राजनीतिक दलका नेताहरु सफल भए पनि सामाजिक रुपान्तरण गर्ने कुरामा असफल भएको बताएका हुन् ।

उनले भने,‘सैद्धान्तिक कुरा गर्नुपर्दा नेपालमा राजनीतिक परिवर्तन भएको ३४ वर्ष भयो । तर ३४ वर्षसम्म पनि किन परिवर्तन नभएकोे हुलाक सेवा त्यसको एउटा रहस्य छ । क्रान्ति गर्ने कुरामा त राजनीतिक दलका नेताहरु सफल भए तर रुपान्तरण गर्ने कुरामा असफल छन् । सामाजिक रुपान्तरण गर्ने कुरामा ध्यान दिइएन । हाम्रो क्रान्तिको चरित्र बुझेन भन्छु म त ।’

उनले पुराना नीति र ऐनहरुको कारण वर्तमानका काम कारबाहीहरु प्रभावकारी हुन नसकेको भन्दै एक वर्षभित्र सबै पुराना ऐन र नीतिहरु परिवर्तन गर्ने जानकारी दिए ।

उनले भने,‘यो वर्षभित्र सबै पुराना नीतिहरुलाई परिवर्तन गर्ने,पुराना ऐनहरुलाई र नियमहरुलाई परिवर्तन गर्ने काम गरेर नयाँ व्यवस्था लोकतान्त्रि गणतन्त्रले जे भनेको छ वा संविधानले जे भनेको छ त्यही अनुसार काम गर्नेछौं ।’

पहिलो पटक देशको समस्या कहाँ छ भन्ने कुराको पत्ता लगाएर सेवा दिने ठाउँमा पुगेको उनको भनाई छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]