०३ बैशाख २०८२, बुधबार

राजनीति जनतातिर नभइ विदेशी मालिकतिर फर्कियो ः विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको राजनीति जनतातिर नभएर विदेश र मालिकहरुतिर फर्किएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुल्दा नेपालको गणतन्त्र जनताको बन्न नसक्दा थुप्रै्र समस्याहरु खेप्न परेको बताएका हुन् ।

उनले भने,‘देशमा सबैभन्दा ठूलो समस्या अहिले राजनीतिमा देखा परेको छ । राजनीति जनतातिर फर्किएन । राजनीतिक आन्दोलनको संघर्षको बेलासम्म जनतासम्म फर्कियो तर निर्माणको बेला, जनतालाई साथै लिएर यात्रा गर्ने बेला वा देश विकास गर्ने बेला राजनीति जनतातिर होइन् विदेशतिर फर्कियो । मालिकतिर फर्कियो । मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुले । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन । त्यसैले आजका थुप्रै्र समस्याहरु खेप्न परेको छ ।’

त्यस्तै उनले नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी आफ्ना मित्र रहेको बताए ।

उनले भने,‘हामीले नेपाली जनताको मन छामेका छौं । नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी हाम्रा मित्र हुन् । नेपालले विदेशबाट चामल बेसाएर खाने होइन, गरिब देशलाई सहयोग गर्ने चाहना छ । नेपालका हरेक व्यवसायीलाई विश्वस्त पार्न चाहन्छौं, प्रतिबन्ध पनि झेल्यौं ।’

त्यस्तै उनले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी समेत गरे ।

साथै उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने चाहनाले भोलि (सोमबार) काठमाडौंको बुढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागिएको पनि जानकारी गराए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]