२८ चैत्र २०८१, शुक्रबार

सेनाले भन्यो – कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्

नेपाली सेनाको हेडक्वार्टर

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाले जनाएको छ ।

त्यहाँ एक स्थानमा गण, अर्कोमा इन्जिनियरिङ कम्पनी र तेस्रो स्थानमा क्विआरएफ फोर्ससमेत हाल एक हजार एक सय ३० नेपाली शान्ति सैनिक परिचालित रहेका र ती सबै सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

उनले भने, ‘हाम्रो शान्ति सैनिकको टोली सुरक्षित छ । त्यहाँको गोमा भन्ने स्थानमा पर्यवेक्षक (अब्जर्भर) रहेको क्षेत्रमा भने केही तनाव छ । तत्काल आवश्यक नपर्ने जनशक्तिलाई त्यहाँबाट राष्ट्रसङ्घले अन्यत्र सुरक्षित स्थलमा सारेको छ ।’

नेपाली शान्ति सैनिक परिचालित रहेको स्थानमा हालसम्म त्यस्तो जटिल अवस्था नरहे पनि समग्र अवस्थाको विश्लेषणबाट परिस्थिति भने त्यति सहज नरहेको प्रवक्ता केसीको भनाइ छ ।

विकसित घटनाक्रमका आधारमा राष्ट्रसङ्घको निर्देशनअनुरुप थप सुरक्षा व्यवस्थापन गरिने जानकारी दिइएको छ । केही दिनअघिदेखि त्यहाँ ‘एम ट्वान्टी थ्री’ नामक विद्रोही समूह बढी सक्रिय रहेको छ । उक्त समूहसँगको भिडन्तमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण अफ्रिकासहितका मुलुकबाट खटिएका केही शान्ति सैनिकको क्षति भएको बताइएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]