२८ चैत्र २०८१, शुक्रबार

विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री

रामेछाप । विद्यार्थीहरूले सहयोग सङ्कलन गरेर विद्यार्थीलाई नै शैक्षिक सामाग्री वितरण गरेका छन् ।

अनेरास्ववियु मन्थली नगर कमिटीले संगठनको दोस्रो अधिवेशन सम्पन्न भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा मन्थली नगरपालिका–१४ फुलासीका दुईवटा आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

सो वडाको श्री भीमेश्वर आधारभूत विद्यालयले र श्री मिल्ती जनज्योति आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमा नै गएर शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियु मन्थली नगरपालिका कमिटी अध्यक्ष उत्सव केसीले जानकारी दिए ।

ती विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई कपि, पेन्सिल, सापनर, इरेजर लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको उनले बताए ।

कार्यक्रममा संगठनकी केन्द्रीय सदस्य आङलामु शेर्पा, जिल्ला अध्यक्ष पुष्कर भट्टराई, वडाका जनप्रतिनिधि, राजनीतिक दल तथा विद्यार्थी संगठनका नेताहरू लगायतको सहभागिता रहेको थियो । विद्यार्थी संगठनले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेर रचनात्मक काम गरेको भन्दै विद्यालयका प्रधानाध्यापकहरुले खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]