२८ चैत्र २०८१, शुक्रबार

चिसो छल्न गाउँ छाड्दै घुन्सावासी

ताप्लेजुङ, मङ्सिर २० गते । ताप्लेजुङको हिमाली बस्ती लेलेपको घुन्सा र पापुङको तोक्पेगोलाका बासिन्दाले चिसो छल्न गाउँ छाड्न थालेका छन् । माथिल्लो भेगमा चिसो बढ्न थालेपछि यहाँका बासिन्दाले गाउँ छाड्न थालेका हुन् ।फक्ताङ्लुङ गाउँपालिका–६, लेलेप, घुन्साको उचाइ समुद्री सतहदेखि तीन हजार ४७५ मिटर रहेको छ । जिल्लाकै उच्च हिमाली बस्ती ओलाङचुङ्गोलाको याङ्मा (चार हजार २०० मिटर) पछि दोस्रो उचाइमा रहेको हिमाली बस्ती घुन्सा हो । केही दिनयता चिसो अत्यधिक बढ्न थालेकाले गाउँ छाड्न सुरु भएको घुन्साका स्थानीय पेमा शेर्पाले बताउनुभयो ।

शेर्पाका अनुसार हालसम्म करिब १० परिवारले घुन्सा छाडिसकेका छन् । घुन्सा छाड्ने परिवार काठमाडौँ गएका शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल घुन्सामा ३३ परिवारको बसोबास छ । तीमध्ये आठ÷नौ परिवारबाहेक सबैले चिसो छल्न गाउँ छाड्ने गरेको उहाँको भनाइ छ । शेर्पाको परिवार पनि अबको एक साताभित्र घुन्सा छाड्ने तयारीमा छ । यस पटकको चिसो छल्न घुन्सा छाडेर सदरमुकाम फुङ्लिङ गएर बस्ने योजना रहेको उहाँले सुनाउनुभयो । फलेकी स्थानीय फुटी शेर्पाले पनि जाडो बढ्न थालेकाले गाउँ छाड्ने योजना बनाउन थालेको बताउनुभयो । अब एक÷डेढ सातासम्ममा चिसो छल्न धेरैले गाउँ छाड्ने तयारी गरिरहेका शेर्पाको भनाइ छ । अहिले हिमपात नभए पनि हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको उहाँले बताउनुभयो । फले बस्तीको उचाइ तीन हजार २३२ मिटर छ ।

मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोलाका बासिन्दा अधिकांश औल झरिसकेका वडाध्यक्ष ग्यान्जे शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब २५ परिवारको बसोबास रहेकामा हाल अधिकांशले तोक्पेगोला छाडिसकेका छन् । अबको केही दिनभित्रै बाँकी परिवार पनि तल्लो क्षेत्र पापुङ झर्ने र तोक्पेगोला पूरै खाली हुनेवडाध्यक्ष शेर्पाको भनाइ छ ।हिउँदयाममा घुन्सा, फले, याङ्मा र पापुङको तोक्पेगोलाका बासिन्दा चिसो छल्न गाउँ छाड्ने गर्छन् । चिसो छल्न गाउँबस्ती छाड्नेहरू अधिकांश काठमाडौँ गएर आफन्त तथा कोठा भाडामा लिएर बस्ने गरेको बताउँछन् । यस्तै केही परिवार सदरमुकाम फुङ्लिङबजार, केही गाउँकै तल्लो क्षेत्र र अन्यत्र ठाउँमा गएर बस्ने गरेका स्थानीय बताउँछन् । चिसो छल्न गाउँ छाड्ने परिवार फागुन लागेपछि पुनः गाउँ फर्कन सुरु गर्ने घुन्साका स्थानीय पेमा शेर्पाले बताउनुभयो । शेर्पा भन्नुहुन्छ, “जाडोयाममा अत्यधिक चिसो हुनुका साथै हिमपात हुने गर्छ । तुसारो र हिउँ परेपछि बरफ झैँ जम्ने र पग्लन लामो समय लाग्ने भएका कारण चिसोबाट बच्न गाउँ छाड्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]