०३ बैशाख २०८२, बुधबार

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफल पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रचण्ड मूलुकलाई शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने आशंका पैदा भएको बताए ।

उनले भने,‘उहाँ आफैंमा पनि मूलुकलाई एउटा शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने अब आशंका लागेको छ । विगतमा उहाँको व्यवहारले त देखाएको थियो । राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी जसरी उहाँले भित्तामा पुगेर अभिव्यक्तिहरु दिइरहनु भएको छ । एकदम नाङ्गो शैलीमा यो कुरा सुहाएको छैन ।’

त्यस्तै उनले अध्यक्ष प्रचण्डले तेस्रो दलको रुपमा रहँदा पनि कहिले एमालेको र कहिले कांग्रेसको काँध चडेर १८ महिना देशको नेतृत्व गर्ने कुरामा पाएको सहयोग विर्सेर सरकारप्रति हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी अभिव्यक्ति दिने गरेको बताए ।

उनले भने,‘उहाँले बुझ्न पर्ने कुरा के हो भने उहाँ तेस्रो दलको रुपमा हुनुहुन्थ्यो कहिले एमालेको काँध चडेर कहिले कांग्रेसको काँध चडेर उहाँ १८ महिना देशको नेतृत्व गर्ने कुरा एमाले वा कांग्रेसको सहयोगबाट पाएको कुरा उहाँले यति चाँडो कसरी विर्सेर एमाले र कांग्रेस मिलेर बनेको सरकारलाई पहिलो दिन देखि नै जुन खालको हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी जसरी अभिव्यक्ति दिने काम गर्नुभएको छ । यसको औषधि छैन ।’

साथै उनले सरकार ढलेपनि एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्न नसक्ने दाबी गरे ।

उनले भने, ‘अराजकता र अस्थिरता चाहानेले यस्तै कुराको खेतिपाति गर्छन् । उहाँले त्यही गरिरहनु भएको छ । कल्पनामा यो सरकार ढलेपनि उहाँले कुन सरकार बनाउनु हुन्छ ? एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्दैन् । उहाँलाई यो कुरा पनि थाहा छ कि यो सरकार कुनै पनि हिसाबले कम्जोर धरातलमा पुगेको सरकार होईन् ।’

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]