०३ बैशाख २०८२, बुधबार

अवैधानिक तरिकाले भारत लैजादै गरेका ६ वटा गाई नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेको गाईलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यलय रौतहटबाट खटिएको गस्ती टोलीले राजपुर नगरपालिक वडा न ३ फतुवाबाट ६ वटा गाई नियन्त्रणमा लिएको हो ।

नेपालबाट अबैध रूपमा गाई भारत तर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए ।

उनका अनुसार प्रहरी टोलिलाई देख्नसाथ तस्करहरु भागेका हुन् । प्रहरीले नियन्त्रणमा लिएको गाईलाई गौर भन्सार कार्यलयमा बुझाएको छ ।

भारतबाट नेपालमा वा नेपालबाट भारत वैधानिक तरिकाले पशुचौपाय लैजादा क्वारेन्टाईनमा परिक्षण गरी स्वस्थ रहेमा मात्र लान पाउने नियम छ ।

वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले सीमा क्षेत्रमा पशुचौपाय अवैध तस्करी हुने गरेको स्थानियहरु बताउँछन् । नेपाल भारत सीमा नाकामा प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ रहेका कारण तस्करहरु पशुचौपाय छोडेर भाग्ने गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

६ वटा गाई नियन्त्रणमा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]