२८ चैत्र २०८१, शुक्रबार

मिटरब्याज पीडितहरूले गरे आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात

जनकपुर । मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गरेका छन् ।

मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि जनकपुरधामबाट अभियानको शुरुवात गरेका छन् ।

उनीहरुले जनकपुरधाममा विशाल जुलुस निकालेर मुख्यमन्त्री कार्यालय जाने मुख्य सड़कमै मशाल जलाएर अभियानको सुरुवात गरेको घोषणा गरेका छन् ।

जुलुसमा देशभरिबाट करिब पाचँहजार बढि मिटरब्यजी पिडित सहभागी भएको मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले जानकारी दिए । उनले मिटरब्याजको विरूद्ध आन्दोलनको बिस्तार गर्दै अब यस अभियानलाई देशव्यापी रुपमा लैजाने बताए ।

अध्यक्ष कुशवाहाले मिटरब्याजको विरूद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको र यस मुद्दामा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशत पनि पीडितहरूको मुद्दा समाधान नभएको गुनासो गरे । उनले राज्यको प्राथमिकतामा मिटरब्याज पीडितहरूको मुद्दा नरहेको र यस अभियान पश्चात पनि सरकारले ठोस कदम नउडाउ आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनीसमेत दिए ।

उनले देशभर मिटरब्याज पीडितहरू शोषणमै रहेको र मिटरब्याजको समस्यालाई पहिचान गर्न गठन गरिएको कार्यदलले कुनै कार्य परिणाम नदिएको आरोप लगाए । उनले राज्यका निकायहरूले पीडितलाई झनै पीडित बनाएको गुनासो गरेका छन् ।

यस अभियानको प्रमुख उद्देश्य आम उत्पीडित जनसमुदायलाई संगठित र प्रशिक्षित गर्दै न्यायको निमित्त अन्तिम संघर्ष गर्ने संकल्पका साथ जागरुक पार्नु रहेको उनले बताए । यसले मिटरब्याजी साहु, वित्तीय माफियाहरू, भू–माफियाहरू र यसका संरक्षकहरूको विरूद्ध जनसमुदायलाई सचेत गर्दै स्वतः सशक्त संघर्षमा संलग्न हुने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

मिटरब्याज पीडित
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]