२८ चैत्र २०८१, शुक्रबार

युवाहरु विदेश पलायन हुँदा नेपालमा सम्भावनाहरु छैन भन्ने भाष्य सिर्जना भैइरहेको छ ः दिपक कुमार गौतम

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपक कुमार गौतमले नेपाली युवाहरु धेरै मात्रामा विदेशी रहेको बताएका छन् ।

सोमबार विश्व युवा महोत्सव २०२५ नेपालको घोषणा गर्दै उनले दिनहुँ नेपाली युवाहरु विदेश पलायन हुँदा नेपालमा सम्भावनाहरु छैन भन्ने भाष्य सिर्जना भैइरहेको बताए ।

उनले भने, ‘अहिलेसम्म बढी नागरिकहरुले देश छोडेको अवस्था छ । मंसिर महिनामा सबैभन्दा बढी युवा विदेशीएका छन् । ८४ हजार युवाहरुले देश छोडेका छन् । आज नेपालबाट थुप्रै युवाहरु विदेश गैइरहनु भएको छ । जानु आफ्नो बाध्यता हुन सक्छ, कसैले आफ्नो राम्रो भविष्य बनाउनका निम्ती गैइरहनु भएको होला । कसैलाई आफ्नो रोटी रोजिको समस्या होला, नेपालमा रोजगारि पाइएन होला त्यसैले विदेश गैइरहनु भएको छ होला भन्ने कुराले चिन्तित गराइ रहेको छ भने अर्को तर्फ हेर्ने हो भने नेपाल भनेको केही पनि सम्भावना नभएको देश हो भन्ने ढंगले भाष्य सिर्जना गरिँदैछ ।’

साथै उनले नेपालीहरु पलायन नभैइ विस्तार भएको बताए । उनले नेपालमै सम्भावना देख्ने र सम्भावनाका ढोकाहरु खोल्ने हो भने विस्तार भएका नेपालीहरु फेरी नेपालमा आउने पनि बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]