०३ बैशाख २०८२, बुधबार

चन्द नेतृत्वको पार्टीले सञ्चालनमा ल्यायो ‘सी व्यापार केन्द्र’

काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

बुढानीलकण्ठ नगरपालिकाको पासीकोटमा सञ्चालन गरिएको सो केन्द्रको आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालललायतले शुभारम्भ गरेका हुन् ।

उक्त ‘सी व्यापार केन्द्र’ को शुभारम्भ गर्दै अध्यक्ष नेपालले श्रम संस्कृतिको विकासबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । नेकपाले थालेको उत्पादन र व्यापारको सुरुवात प्रंशसनीय रहेको उल्लेख गर्दै उनले स्थानीय उत्पादनको गुणस्तर सुनिश्चिततामा ध्यान दिन आग्रह गरे ।

उनले भने, ‘श्रम संस्कृतिको विकासबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने छ । नेकपाले थालेको उत्पादन र व्यापारको सुरुवात प्रंशसनीय छ । स्थानीय उत्पादनको गुणस्तर सुनिश्चिततामा ध्यान दिन म सबैलाई आग्रह समेत गर्न चाहन्छु । हाम्रो देशमा यस्ता सम्पदाहरु छन् जसको राम्रोसँग सम्वद्र्धन गर्न सकियो भने मुलुक आत्म निर्भर हुन सक्छ । यति धेरै सम्पदा हुँदा पनि हामी आयातमुखी देशको रुपमा परिचित भएका छौं ।’

साथै उनले कृषिसँग जोडिएका थुप्रै वस्तुहरु समेत आयात गनुपर्ने अवस्था रहेको बताए ।

यसैगरी उक्त कार्यक्रममा बोल्दै नेकपाका महासचिव नेत्र विक्रम चन्दले राजनीतिलाई उत्पादनसँग जोडेर लैजानुपर्ने आवश्यकता महशुस गरी आफ्नो पार्टीबाट विभिन्न जिल्लामा उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालिएको बताए ।

उनले अहिलेको अवस्थामा देशमा केही गर्नुपर्छ भन्ने उदेश्यसहित ‘सी व्यापार केन्द्र’ को शुभारम्भ गरिएको बताए ।

उनले भने, ‘हामीले उत्पादनसँग जोडेर लैजानुपर्ने आवश्यकता महसुस गरी आफ्नो पार्टीबाट विभिन्न जिल्लामा उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालेका हौं । अहिलेको अवस्थामा देशमा केही गर्नुपर्छ भन्ने उदेश्ले समेत राजनीतिसँगै व्यापारलाई पनि अगाडि बढाएका हौं । जनतालाई राजनीतिक तरिका मात्र मन परेन त्यहीँ भएर पनि जनताको लागि भनेर हामीले तरिका परिवर्तन गरेर उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालेका हौं ।’

‘सी व्यापार केन्द्र’ मा विभिन्न जिल्लामा रहेका नेकपाका ७५ वटा उत्पादन केन्द्रबाट उत्पादित चामल, दाल, तेल, मसला, मह, माछा तथा मासुजन्य, दूग्धजन्य र रैथाने उत्पादन तथा दैनिक उपभोग्य सामग्री बिक्रीमा राखिएका छन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]