०३ बैशाख २०८२, बुधबार

खाँदबारी–किमाथांका सडकखण्डको निरीक्षण

काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत च्याम्ताङ्ग–घोङ्घप्पा सडक खण्डको सोमबार निरीक्षण गरिएको छ ।

भौतिक पूर्वाधार मन्त्री श्री देवेन्द्र दाहाल, रक्षा मन्त्री श्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्री दीपक खड्काले निरीक्षण गरेका हुन् ।
निरीक्षणको दौरान सडक निर्माणको हालसम्मको प्रगति विवरण तथा विविध पक्षहरूको बारेमा जानकारी गराइएको थियो ।

२०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम खाँदबारी–किमाथांका सडक आयोजना मध्ये च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.५१ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो ।
आ.व. २०८२÷८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक खण्डको ट्रयाक खोलिसकिएको छ भने हाल सडक चौडा गर्ने कार्य भई रहेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]