०३ बैशाख २०८२, बुधबार

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत एसपी कुमोद ढुंगेललाई बिदाई

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेललाई बिदाई कार्यक्रम सम्पन्न गरिएको छ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एसपी कुमोद ढुंगेल रहेका थिए। कार्यक्रममा सहभागीहरूले एसपी ढुंगेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साले गरेको योगदानको प्रशंसा गर्दै उनलाई फुलमाला, अबिर, खादा र मायाको चिनो प्रदान गरी बिदाई गरेका थिए।

कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, उद्योगपति, सुरक्षा निकायका पदाधिकारी, जनप्रतिनिधि, र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त अवसरमा सुरेश कुमार रुङटा, दीपक लामिछाने, महेशसिंह धामी, मुरली जलान, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका संजय शर्मा, पत्रकार सुस्मिता यादव, सन्तोष रञ्जितकर, सुशील कादमिया, राकेश अग्रवाल, चन्द्र अग्रवाल, त्रिलोकचन्द दारुका, बसन्त प्रसाद उपाध्याय, प्रहरी नायव निरीक्षक रञ्जन घिमिरे, प्रेम राम, अजिता घिमिरे, र असली यादव लगायतको सक्रिय सहभागिता थियो।

कार्यक्रमले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र स्थानीय समाजबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ बिदाई कार्यक्रमलाई प्रभावकारी बनाएको आयोजकले बताएका छन्।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]