०३ बैशाख २०८२, बुधबार

एमालेबाट चुनाव लड्न टिकट नपाएपछि दुर्गा प्रसाईं अरूको खेलौना बन्न पुगेको सूर्य थापाको आरोप

काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले एमालेबाट चुनाव लड्न झापामा टिकट नपाएपछि दुर्गा प्रसाईं अरूको खेलौना बन्न पुगेको आरोप लगाएका छन् । उनले देशको राष्ट्रिय हित र नेपालीहरुको राष्ट्रिय स्वाभिमानको विरुद्धमा दुर्गा प्रसाईं अरुद्धारा चलाईएको कठपुतली भएको पनि आरोप लगाए ।हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रसाईंलाई देशविरुद्ध अरुबाट चलाईएको पात्रको संज्ञा दिएका हुन् । उनले भने,‘उनी अहिले जेलमा त छन् नि, कहाँ छन् त ? उनी ससुरालीमा छन् र ? मावालीमा छन् र ? अदालतमा मुद्दा जान्छ ।’ उनले काठमाडौं महानगरपालिकाले एमालेको सभाबाट फोहोर गरेको भनेर एक लाख जरिवाना गरिएको विषयमा पनि कडा प्रतिक्रिया दिए ।

उनले भने,‘बालेन शाह गाँजाको नशामा बेहोस र मदहोस हुनुहुन्थ्यो भन्ने कुरा चाहीँ त्यो सबै जे फोहोर भयो, एमालेका भोल्युन्टियर्सले सफा गर्नुभएको छ । अनि एमालेले फोहोर सफा गरिरहेको बेला उहाँले त्यो कार्यक्रम नसकिँदै वक्तव्यवाजी गर्नुभएको छ । अनि के गर्नुहुन्छ ? काठमाडौं, ललितपुर र भक्तपुरका कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँ जरिवानाको पत्र एमालेको केन्द्रीय कार्यालयमा पठाउनुहुन्छ ।’पत्रकार धमलाले फोहोर गरेकोमा एक लाख जरिवाना तिर्नुपर्दैन भनेर सोधेको प्रश्नमा थापाले जवाफ फर्काए–‘एमालेले जरिवाना बालेन शाहको गँजेडी कुराको निम्ति तिर्ने हो ? कानूनबमोजिम त स्पष्टीकरण सोध्ने हो । वेल शाह रोयल शाह पल्टिन मिल्छ ?’

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]