०३ बैशाख २०८२, बुधबार

उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा बृहत काम गर्न आवश्यक: मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले हाइड्रोपावरदेखि उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

मंगलबार लचिलो र कम कार्बनको लागि ऊर्जा शिखर सम्मेलन २०२५ मा बोल्दै मन्त्री खड्काले वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समयानुकुल बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाइड्रोपावरदेखि लिएर उर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता छ । हामीसँग उर्जा सुरक्षाका कुराहरु भएका छन्, त्यसकारण रिर्जभ वायरहरुलाई तत्काल अगाडि बढाउने, पम्पवायरहरुलाई सुरु गर्ने, वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समायानुकुल बनाउनुपर्नेछ । यसले ग्रीन हाइड्रो उर्जा उत्पादन गर्ने ठूला ठूला उद्योग सञ्चालनमा सहकार्य गर्न सक्छौं ।’

साथै उर्जाको क्षेत्रमा सबै देशहरुको सहयोग रहने समेत उनले विश्वास लिए । उनले उर्जा क्षेत्रको लक्ष्य अनुसार नै सरकारले काम गरिरहेको समेत बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]