०३ बैशाख २०८२, बुधबार

१० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले १० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ गरेको छ ।

अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले १८ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले पक्राउ पर्नेहरुमा सबैभन्दा बढी जलसाजीको रहेको बताए ।

उनका अनुसार जलसाजीमा शेख वहिद, नेक महम्मद, मिर अलि हुसन, शेख तैयव, शेख जमिर अख्तर, शेख दमिअख्तर, अख्तर शाहिद, शेख मेराज, इस्लाम अन्सारी र जुमन देवन रहेका छन् । जलसाजीमा दसजना प्रतिवादीलाइ पक्राउ गरिएको र उनीहरुलाइ रु १० जरीवाना तोकिएको उनले जानकारी दिए ।

पक्राउ परेका प्रतिवादीहरु मध्ये सिकेन्द्र राय यादवलाई बिगो मुद्दामा दुई बर्ष कैद सजाय तोकिएको उनले उल्लेख गरे । पक्राउ परेकाहरुमा नवल किशोर मुखियालाई हातहतियर तथा खरखजानामा आठ महिना ५ दिन कैद सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

रौतहट प्रहरीका अनुसार शेख जकिरलाई लुटपिट गाली बेइज्जती र जगरनाथ राय यादवलाई किर्ते जलसाजीमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहातबाट खटिएको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाइ आवश्यक कार्वाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]