०३ बैशाख २०८२, बुधबार

समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिएन ः नेपाल

काठमाडौं । नेकपा एकृकीत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्नसक्ने तीन घटक एक हुँदापनि प्रभावकारी काम नभएको बताएका हुन् ।

उनले भने, ‘हामीले यो समाजवादी मोर्चालाई वास्तवमा जसरी अगाडि बढाउनु पर्ने थियो बढाउन सकेनौ । यसलाई गतिशिल गर्नैपर्छ । तीनवटा घटक त हामी नै छदैछौ । यि तीनवटा घटक पुरानै घटक हुन् । मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्न सक्छौ । त्यो क्षमता र शक्ति छ । यो सँगै आफ्नो पार्टीका गतिविधि पनि बढाइरहेका छौं । किनभने एकतामा नै बल हुन्छ ।’

यसको साथै, उनले देशव्यापी रुपमा सन्देश सभाहरु भइरहेको अवस्थामा अहिलेका प्रधानमन्त्रीले दलहरु विभाजित हुने अवस्था सिर्जना गरेको पनि बताए ।

उनले भने, ‘देशैभर सातैवटा प्रदेशमा सन्देश सभाहरुको आयोजना गर्यौं । समाजवादी मोर्चाको सन्देश सभा भयो र राम्रो नै प्रस्तुती भएको थियो । प्रदेशपछि जिल्लामा पनि यस्ता सभा हुन्छ कि भन्ने आशा गरिरहेको थियो तर त्यो गर्न सकेनौं । किनभने राष्ट्रिय राजनीतिमा केही परिवर्तनहरु भए । आन्तरिक काममा व्यस्त हुने अवस्था भयो । घटक दलहरु विभाजित हुने अवस्था पनि भयो । जनता समाजवादी पार्टी नेपाल विभाजित भयो । यो विभाजन अरुले गरेको होईन अहिलेका प्रधानमन्त्रीले नै गरेका हुन् ।’

गफमा अगाडि परिणाममा सधैँ पछाडि पर्ने अवस्था भएको हुनाले जनताले विकल्पको खोजी गरिरहेकाले ०८४ को चुनावको पर्खाइमा रहेको उनले बताए ।

माधव कुमार नेपाल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]