२८ चैत्र २०८१, शुक्रबार

बागमती पुलको स्पान भासिँएपछि यात्रामा जोखिम

रौतहट । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदिको पुलको एउटा स्पान भासिँएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भाँसिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो ।

नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत करिव ५० वर्षअघि बागमती नदिको पुल बनेको थियो । लामो समय देखि पुल मर्मत सम्भारमा ध्यान नदिँदा क्रमश पुरानो हुँदै भौतिक संरचनाहरु कमजोर भएको चन्द्रपुर नगरपालिका वडा नं. १ का स्थानिय श्रीराम न्यौपानेले बताए ।

उनका अनुसार पुलको भारवहन क्षमता भन्दा अधिक लोड भएका ढुवानीका साधनहरु गुड्ने गरेकाले पुल भासिँएको हो । पुलको स्पान भासिँएकाले भारवहन क्षमता अधिक भएका गाडी संचालनमा ध्यान दिनु पर्ने उनको सुझाव छ ।
बागमती पुलको बेरिङ्ग फुट्दा जोडिएको दुई स्परको अन्तर भएको र यसले जोखिम निम्त्याउन सक्ने भएकाले शिघ्र मर्मत गर्नु पर्ने उनको माग छ ।

सर्लाहीबाट रौतहटतर्फ आउँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भाँसिएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जानकारी दिएको छ । बागमती नदिको पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्पान बीचको अन्तर बढेको डिभिजन सडक कार्यालय चन्द्रपुरका इन्जीनियर प्रकाश यादवले बताए । पुलको एउटा स्पान भाँसिने बित्तिकै पुरै संरचना नै कमजोर हुने उनको भनाई छ ।
सडक डिभिजन कार्यलयले पुलको जोखिमबारे पुल महाशाखा काठमाडौंलाई पत्र मार्फत जानकारी गराइसकेको छ । पुलमा अधिक भारवहन क्षमताका गाडीमा ध्यान दिन रौतहट र सर्लाहीका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख अरुण कुमार लाल कर्णले बताए ।
उनका अनुसार यस सडकखण्ड भएर जाने भारवहन क्षमताका सवारी साधन पुलमा एक पटकमा एउटा मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । अहिले पुलको स्पर केहि भाग अग्लो, केहि भाग होचो देखिएकाले सवारी साधन चलाउदा सावधानी अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]