०३ बैशाख २०८२, बुधबार

गृहमन्त्री रमेश लेखकद्धरा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शहीद दिवसको अवसरमा शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले बुधबार एक विज्ञप्ती जारी गर्दै नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना, मानव अधिकार र सामाजिक न्यायका लागि आफ्नो जीवन बलिदान दिनएका महान शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले शहीद दिवस केवल सम्झना गर्ने दिन मात्र नभई शहीदहरूको बलिदानलाई सार्थक बनाउन सबैले संकल्प गर्ने अवसरको दिन पनि पनि रहेको बताए । उनले शहीदहरूको संघर्ष र बलिदानकै कारण स्वतन्त्रताको अनुभूति गर्न पाएको पनि बताए ।

विज्ञप्तीमा भनिएको छ, ‘शहीदहरू राष्ट्रका अमूल्य निधी हुन् । शहीदहरूको संघर्ष र बलिदानकै कारण हामीले आजको स्वाधीनता, लोकतान्त्रिक शासन प्रणाली र नागरिक स्वतन्त्रताको अनुभूति गर्न पाएका छौं । शहीद दिवस केवल सम्झना गर्ने दिन मात्र नभई उहाँहरूको बलिदानलाई सार्थक बनाउन हामी सबैले संकल्प गर्ने अवसरको दिन पनि हो।’

उनले शहीद परिवारहरूको सम्मान र हितमा सरकार सधै प्रतिबद्ध रहेको बताए । शहीदहरूले देखाएको मार्गबाट समाजलाई समृद्ध बनाउँदै राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्ने पनि बताए ।
अन्त्यमा उनले सम्पूर्ण शहीदहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शहीदहरुको बलिदानलाई सार्थक बनाउने प्रण गरेका छन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]