०३ बैशाख २०८२, बुधबार

तनहुँमा निर्माणाधीन दुई पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री केसीले गरे अनुगमन

पोखरा । वि.स. २०५२ सालमा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १०.१८ किलोमिटर सडक कालोपत्र २०७८ माघ १० गते भित्र सम्पन्न गर्ने गरी एमएस शंकरमाली निर्माण सेवाले विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो ।

२५ करोड १० लाख ६० हजार रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने भनिएको उक्त सडक हालसम्म ४१ प्रतिशत निर्माण सम्पन्न भएको छ । दुई वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त सडक निर्माण गर्न अहिले आगामी असारसम्म म्याद थप भएको छ ।

यसैगरी गत वर्षको जेठ २० गते निर्माण सम्पन्न भैसक्नुपर्ने शुक्लागण्डकी–५ र ८ स्थित बेलचौतारा–मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको एक स्पान मात्र ढलान भएको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीलेका अनुसार , कामको प्रगति करिव ३० प्रतिशत मात्र छ ।

तर मुल्य अभिवृद्धि सहित १५ करोड ५९ लाख रुपैयामा निर्माण सम्झौता गरेको निर्माण कम्पनी महाविर खिम्ती अञ्जना पराजुली जेभीले हालसम्म आठ करोड १३ लाख रुपियाँ भुक्तानी लिई सकेको छ र काम सम्पन्न गर्न २०८२ मंसिर २० सम्म म्याद थप भएको छ ।

ठेक्का अवधि सकिँदा पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेका यी दुई पुलको बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले अनुगमन गरे र निर्माण व्यवसायीका कारण ढिलाई भएका ती योजनाहरुलाई काममा गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिए ।

त्यस अवसरमा दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष देउ बहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउदै चाडो सम्पन्न गराउन ध्यानाकर्षण गराएका थिए ।

निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रुपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताए । उनले कामदारको संख्या बढाएर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

तनहुँमा निर्माणाधीन दुई पुल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]