०३ बैशाख २०८२, बुधबार

सिटी च्याम्पियन्स लिगको प्ले अफमा

काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ ।

बेल्जियमको क्लबबर्गलाई बुधवार ३–१ को पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गरेको हो ।

सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो । सिटी पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा सिटी नतिजा उल्टाउन सफल भएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब बर्गले खेलमा अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दैै सिटी खेलमा फर्केको थियो। ५३ औं मिनेटमा माटेओ कोभासिसले बाराबरी गोल गरेका थिए ।

६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो । साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो ।

८ खेलमा ३ जित सहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्ले अफमा पुगेको हो ।

सिटी च्याम्पियन्स लिग
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]