०३ बैशाख २०८२, बुधबार

बिरगंजमा ६ लाख नगदसहित भारतीय युवक नियन्त्रणमा

बिरगंजको आदर्शनगरबाट प्रहरीले स्रोत खुलाउन नसकेको ६ लाख रुपैयाँसहित भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार भारत, बिहारको रक्सौल वडा नम्बर १४ निवासी २७ वर्षीय ओमकुमार रौनियारलाई मोटरसाइकल चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो।

रक्सौलबाट बिरगंज आएका रौनियार सवार बीआर ०५ क्यु ४३८४ नम्बरको मोटरसाइकललाई आदर्शनगरमा रोकी प्रहरीले जाँच गर्दा, मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको प्लास्टिकको बोराबाट नेपाली ५ सय दरका १,२०० थान नोट फेला परेको थियो। स्रोत खुलाउन नसकेपछि उनलाई नगदसहित नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

रौनियारविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]