०३ बैशाख २०८२, बुधबार

टि – ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सले दियो नेपाललाई १ सय ५८ रनको विशाल लक्ष्य

काठमाडौं । त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्सले विशाल योगफल तयार गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ५८ रनको विशाल लक्ष्य दिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रनको विशाल योगफल तयार गरेको हो ।

नेदरल्याण्ड्सका लागि रिकेले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडिन् । उनले ५९ बलमा ८ चौका प्रहार गरिन् । स्ट्रि कालिस ३५ बलमा २९ र हेटर सिगेर्स १९ बलमा २३ रन जोड्दै आउट भइन् ।

आरिस विलिङले १३ बलमा ५ चौकाको सहयोगमा नट आउट ३१ रन बनाईन् । नेपालले अन्तिम ५ ओभरमा ६२ रन खर्चिएको थियो ।

नेपालका लागि कविता कुवँर, पुजा महतो, सिता राना मगर र इश्वरी बिष्टले समान १ विकेट लिइन् । घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेलिरहेको हो । यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]