२८ चैत्र २०८१, शुक्रबार

एक रुपैंयाँ जरिवाना तोकिएकासहित १८ फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले एक रुपैंयाँ जरिवाना तोकिएकासहित १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

कुटपिट र जलसाजीका चार जना प्रतिवादी एक रुपैंयाँ जरिवाना तोकिएको रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए । उनका अनुसार कुटपिटका उमा पति देवी, रुद्रल सहनी र जलसाजीका कौशीला देवी कल्वार र सन्तोष कुमारलाई एक रुपैयाँ जरिवाना तोकिएको हो । पक्राउ परेका फरार प्रतिवादीहरुमा लुटपिट, गाली बेइजतीमा सगिरा खातुन र जलसाजीमा आशा देवी भण्डारीलाई रु ६ जरिवाना तोकिएको उनले जानकारी दिए ।
जलसाजीका राम सिहासन साह र साहेब लाल साहलाई रु १० जरिवाना तोकिएको उनको भनाइ छ । किर्तेका गगाजली देवी र कुटपिट लुटपिटका ललीता देवी दासलाई रु ५० जरिवाना तोकिएको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

किर्ते जलसाजीका गणेश महरा चमार, लुट्पिट गाली बेइजतीमा शेख जाकिर , गाली बेइजतीमै जितन राय यादव, प्रभा देवी कुटपिटमा महेन्द्र राय यादव, जग्गा खिचलोमा गेना लाल साह, सिया राम साह र राम नाथ साहलाई पक्राउ गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहातबाट खटिएको टालीले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि रौतहट जिल्ला अदालतमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]