२८ चैत्र २०८१, शुक्रबार

संविधान संशोधन एमाले–कांग्रेसको मात्रै मुद्दा होइन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संविधानमा प्राप्त उपलब्धिलाई संरक्षण गर्दै संविधान संशोधन जरुरी रहेको बताएका छन् ।

विहीबार नेपाल नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि बिभाग र डेमोक्याटिक लयर्स यसोसियसनले संयुक्त आयोजनामा भएको ‘संविधान संसोधन, आवश्यक्ता र चुनौती’ विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले भने, ‘प्रतिनिधि सभामा भएका सिटमध्ये महिलाको सिट ३३ प्रतिशत चुनाव लड्ने सुरक्षित गरौं । जहाँ महिला महिला नै लड्ने बातावरण नबनाऔं । दलितलाई पनि चुनाव लड्ने वातावरण बनाऔं ।’ कोइरालाले सरकारले गर्ने हरेक गलत कुराको समर्थन गर्न नसकिने बताए ।

नेता कोइरालाले संविधान निर्माणका बेला आफूले संविधान सभामा राखेको संशोधनको प्रस्तावका बारेमा सम्झिदै भने,‘त्यो वेला संविधान यथास्थितिमा हुन सक्दैन भनेर नै संशोधन हालिएको थियो । त्यहाँ त मार्सल लगाएर बाहिर निकालिएको अबस्था थियो ।’

नेता कोइरालाले संविधान संशोधन सबैको सहमतीमा हुनुपर्ने कुरालाई जोड दिएका छन् । ‘यहाँ केपी ओलीजी वहूमत नपुग्ने देखेर ०८७ सालमा मात्रै हुने कुरा गर्दै हिड्नुभएको छ । तर संविधान कांग्रेसको मात्रै हो र ? एमालेको मात्रै हो र ? त्यसकारण सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’

डा. कोइरालाले न्याय परिषदमा भागवण्डाको कुराले न्यायपालिका जर्जर भएको उल्लेख गरे । ‘यहाँ न्यायाधीश कसको कोटाबाट पर्यो भन्ने अवस्था थियो । न्यायपालिका स्वतन्त्र हुनुपर्यो,’ उनले भने ।

शेखर कोइराला
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]