०३ बैशाख २०८२, बुधबार

ल्होसार पर्व मनाउने प्रक्रिया हेर्दा एक दिन सरकारी बिदा पर्याप्त छैन् : मुख्य मन्त्री लामा

काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले ल्होसार पर्वको मौलिक प्रकृति र मनाउने प्रक्रिया हेर्दा एक दिन सरकारी बिदा पर्याप्त नरहेको बताएका छन् ।

बिहीबार सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले ल्होसार टुँडीखेलमा महोत्सव गरेर मनाईँने पर्व मात्र नभएको भन्दै ल्होसार हरेक तामाङ समुदायले घर –घरमा विधि अनुसार मनाउनु पर्ने बताए ।

उनले भने, ‘ल्होसार पर्वको मौलिक प्रकृति र मनाउने प्रकृया हेर्दा आज जे गरिरहेका छौं सहि नै भयो भन्ने मलाई लाग्दैन् । ल्होसार मनाउने सबै प्रकृया पूरा गर्नको लागि एक दिन सरकारी बिदा पर्याप्त छैन् । ल्होसार टुँडीखेलमा महोत्सव गरेर मनाईँने पर्व मात्र पनि होईन् । जबसम्म प्रत्येक तामाङ समुदायको घर –घरमा विधि अनुसार माईँदैन् तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको जगेर्ना हुँदैन् ।’

त्यस्तै उनले अहिले तामाङ समुदाय संस्कृति पुनजागरणको चरणबाट गुज्रिरहेको बताए । एक जाति एक भाषा एक भेषाको सरकारी नीतिको कारण मौलिक संस्कार र संस्कृति लोप भएको भन्दै उक्त संस्कार र संस्कृतिको खोज अन्वेषण र अवलम्बन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘यतिबेला तामाङ समुदाय संस्कृति पुनजागरणको चरणमा गुज्रिरहेको छ । हिजो एक जाति एक भाषा एक भेषाको सरकारी नीतिको कारण हाम्रा मौलिक संस्कार र संस्कृति लोप हुन पुगे । यसरी लोप भएको संस्कार र संस्कृतिको खोज अन्वेषण र अवलम्बन गर्ने कार्य गरेका छौं ।’

मुख्यमन्त्री लामाले ल्होसारलाई सार्वजनिक महत्व र कार्यक्रम भन्दा पनि घरभित्रको पर्वको रुपमा स्थापित गर्नुपर्ने बताए । विश्वव्यापीकरण र आधुनिकीकरणले नेपालको संस्कृतिमाथि प्रहार भइहरको बताउँदै उनले ल्होसार लगायत मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्न सरकार र नागरिक स्तरबाट ऐकेबद्धताको प्रयास गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]