०३ बैशाख २०८२, बुधबार

भ्याली पब्लिक दोहोरो उपाधिनजिक

काठमाडौं । भ्याली पब्लिकको ब्वाइज÷गल्र्स दुवै टिम प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ । जुनियर ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई २४–२० ले पराजित गरेको हो ।

खेलमा भ्याली पब्लिकका निम्साङ तामाङले ६ अंक जोडे । फाइनलमा भ्याली पब्लिकको भेट पारामाउन्ट एकेडेमीसंग हुनेछ । अर्को सेमिफाइनलमा पारामाउन्टले किङडम हिमालयनलाई ३८–२७ ले हराएको थियो । पारामाउन्टका सुशान्त थापाले १२ स्कोर गरे ।

जुनियर गल्र्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २७–१५ ले पाखा लगायो । भ्याली पब्लिककी सपना गिरीले १० अंक जोडिन् । उपाधिका लागि भ्याली पब्लिकले फेरिल्यान्डको सामना गर्ने छ । दोश्रो सेमिफाइनलमा फेरिल्यान्डले काष्ठमण्डपमाथि २९–२३ को जित रचेको थियो । फेरिल्यान्डकी करुणा बोगटीले १३ अंक बटुलिन् । फाइनल शुक्रबार हुनेछ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]