
मंगलबार देश भरि नरसिंह दिवस मनाएको छ। यहि दिन २०१८ सालमा नेपाल नरसिंह संघ स्थपना भएकोले त्यसैको समझना स्वरुप यो दिवस थालिएको हो । अफनो अथक मिहिनेतबाट अस्पतालमा उपचाररत बिरामीहरूको सेवामा खटने नर्सको पेशा सम्मानित र महत्वपूर्ण मानिन्छ ।
उनिहरुको पेशा प्रतिको समपूर्णले मानविय भाव व्यक्त गर्ने भएका कारणले पनि यसलाई सम्मानित मानिएको हो ।बिरामीको सेबा स्वाभावैले मानवीय कार्य मानिन्छ। त्यस कारणले पनि नर्सहरु सम्मानका पात्र रहेका शंकामान्नु पर्दैन । यसका बावजुद पनि नर्सहरुले पाउने गरेको पारिश्रमिक न्यून रहने गरेको छ।
सरकारी अस्पतालको तुलनामा निजीमा कार्यरत नर्सहरुको तलब सुबिधा कम रहने गरेको छ। कतिपय निजी अस्पतालले त समझौता गरेर पनि त्यस अनुसारका तलब सुबिधा नदिएको गुनासो धेरैको छ। लाखौ रुपैया खर्च गरेर पढ्नु पर्ने नरसिंहको पढाइ पूरा भपछि जागिरमा जाँदा पून : पारिश्रमिक पाउने समयमा तलब न दिने अबस्था अाउँछ भने यसले पेशाकर्मीलाई हतोत्साहित नै बनाउँछ श्रमको शोषणलाई विधमान कानुनले नै बजींत गरेको अबस्थामा नर्सहरुले न्यून पारिश्रमिकमा खट्नु पर्ने बाध्यतालाई अन्त्यगरिनु पर्दछ।