२८ चैत्र २०८१, शुक्रबार

इटहरी मेयर–उपमेयरको विवाद समाधान हुने, जुट्यो मौखिक सहमति

इटहरी । कोशी प्रदेश स्थित सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर उपमेयर बीचको विवाद समाधान उन्मूख भएको छ । बिहीबार भएको छलफलमा मौखिक रुपमा सहमति जुटेको इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता कुमारी चौधरीले जानकारी दिइन् ।‘एक प्रकारको मौखिक सहमति भयो । आइतबार लिखित रुपमा सहमति हुन्छ,’उनले भनिन्,‘प्रमुख प्रशासकीय अधिकृतज्यू बिरामी भएकाले आइतबार लिखित सहमती हुने भएको हो ।’उनका अनुसार गत माघ ३ गते आफ्नो अध्यक्षतामा बसेको कार्यपालिका बैठक आशिंक रुपमा कार्यान्वयन हुनेछ । जसअनुसार एमालेले जितेका वडाका सरुवा भएका कर्मचारीलाई नचलाउने र कार्यपालिकाले कामकारबाहीको सिफारिस गरेका कर्मचारीलाई माफी दिने भएको हो । उपमहानगरका मेयर हेमकर्ण पौडेल गत पुस २८ गते कर्मचारी सरुवा गरेर भारत गएका थिए ।

त्यस बखत कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर चौधरीले कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक डाकिन् । कार्यपालिकामा एमालेको बहुमत नै भएकाले ३ माघमा कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टायो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र शाखा प्रमुख संजिव खड्कालाई नै कारबाहीको लागि सिफारिस गरिएको थियो । त्यसपछि चर्किएकोको विवाद उत्कर्समा पुगेको हो । जसका कारण ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए ।तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले बुधवार ताला फुटाइदिए । त्यसपछि मेयरकै कार्यकक्षमा ताला लगाउने बताएका उपमेयर सहित एमाले जनप्रतिनिधिले सहमति गरेका हुन्। सहमती अनुसार मेहता र खड्कालाइ माफी दिने भएको उपमेयर चौधरीले बताइन् ।

इटहरी मेयर–उपमेयरको विवाद
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]