
जनकपुर । अमित झा स्मृति साहित्य, संगीत पुरस्कार नेपालका प्रख्यात शस्त्रीय संगीतकार स्वर्गीय गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको छ ।
बिहीबार जनकपुर साहित्य महोत्सवको छैठौं संस्करणको शुभारम्भ कार्यक्रममा उक्त पुरस्कार स्व.संगीतकार कामतको पत्नी सगुनवती देवी कामतलाई हस्तान्तरण गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र अमितको बुबा रामनारायण झाको हातबाट एक लाख पाँच हजार राशीको पुरस्कार रकम स्व.कामतको पत्नीलाई दिइएको हो ।
नव मिथिला फाउण्डेशनको आयोजनामा विहीबार (आज)देखि तीन दिवसीय जनकपुर साहित्य महोत्सवको छैठौं संस्करण सुरु भएको छ ।भारतबाट संगीतमा स्नात्तक गरेका कामत गत साउनमा मृत्युवरण गरेका थिए । प्रवल जनसेवाश्री लगायत पुरस्कारबाट समेत सम्मानित भइसकेका कामत राज्यबाट विशेष सहयोग पाएका थिएनन् ।
त्यस्तै, अर्का संगीतकार अशोक दत्तलाई समेत ५१ हजार रुपंैयाँ आर्थिक सहयोग गरिएको छ । संगीत क्षेत्रमा उल्लेखनिय योगदान दिएका उनी क्यान्सर रोगबाट ग्रसित छन् । उनको उपचारर्थका लागि सहयोग गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री सिंहले आयोजकलाई विगत ६ वर्षदेखि साहित्य र भाषा प्रवद्र्धनको क्षेत्रमा गर्दै आएको क्रियाकलापको प्रशंसा गर्नुका साथै आगामि दिनमा प्रदेश सरकारले पनि यसै किसिमको साहित्य महोत्सव आयोजना गर्नेबारे जानकारी दिए ।