०३ बैशाख २०८२, बुधबार

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा हामी सधैं रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एंव व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृहमन्त्रालय क्रियाशिल रहेको भन्दै यस विषयमा प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘नेहा रौनियार र सत्यन्द्ररामबीच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासोहरु र सदनमा सदस्यहरुले उठाउनु भएको विषयमा मेरो ध्यान गम्भिर रुपले गएको छ । यस विषयमा म र मेरो मन्त्रालय संवेदनशिल रहेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एंव व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृहमन्त्रालय क्रियाशिल छ । म अत्यन्त धेरै संवेदनशिल छु । म कुनै पनि प्रकारको जातिय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहने छु र रहेको छु । म यसमा अहिले पनि र जीवभर प्रतिबद्ध रहेको कुरा जानकारी गराउन चहान्छु ।’

यसको साथै, उनले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको लागि विद्यार्थी कालदेखि नै लड्दै आएको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन भएको बताए । उनले भने, ‘वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु मेरो जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन हो भन्ने ठानेको छु ।

अन्तरजातिय विवाह बारे देशमा पटक पटक विषय उठ्ने गरेका छन् । अन्तरजातिय विवाहलाई कानूनले नै मान्यता दिएको छ उक्त कानूनी विषयलाई कार्यान्वयन गर्ने निकाय गृहमन्त्रालय हो । गृहमन्त्रालय कानूनी व्यवस्थालाई अक्षरस कार्यान्वयन गराउन प्रतिबद्ध छ ।’ उनले आफू मात्र होईन आफ्नो पार्टी नेपाली कांग्रेस पनि जातीय विभेद र छुवाछुत विरुद्ध रहेको बताए ।

गृहमन्त्रीको स्पष्टीकरण
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]